‘जहाज ५ महिनासम्म ग्राउन्डेड हुँदा अर्ब घाटा, जिम्मेवार को ?’ शीर्षकको सम्पादकीय स्वार्थ, चरम व्यवस्थापकीय लापरबाहीका कारण नेपाल वायुसेवा निगम (नेवानि) अर्बौं ऋणमा डुब्नुका साथै देशले विदेशमा बदनामी कमाएको विषयसँग सम्बन्धित छ । मूलतः २०४६ सालपछि धराशायी बन्दै आएको नेवानिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा कुनै पर्यटनमन्त्री र प्रधानमन्त्रीले ध्यानै दिएको पाइएन ।