माओवादी केन्द्रको कारबाहीपछि मन्त्री शाह आक्रोशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो सांसद पद खोसेको भन्दै शहरी विकासमन्त्री प्रभु शाह आक्रोशित बनेका छन् । मंगलबार मन्त्री शाहसँगै पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गरेका ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीलाई कारबाही गरेको सूचना संसद सचिवालयलाई माओवादी केन्द्रले दिएपछि मन्त्री शाह आक्रोशित बनेका हुन् ।