अमेरिकाको मिनेसोटा राज्यमा सञ्चालन हुँदै आएको संघीय आप्रवासन कारबाही ‘अपरेसन मेट्रो सर्ज’लाई तत्काल रोक्न संघीय अदालतले अस्वीकार गरेको छ। शनिबार अमेरिकी जिल्ला न्यायाधीश क्याथरिन मेनेन्डेजले मिनेसोटा राज्यले माग गरेको अस्थायी प्रतिबन्ध आदेश (टीआरओ) नदिने निर्णय गरेसँगै उक्त अपरेसन निरन्तर जारी रहने भएको हो। न्यायाधीश मेनेन्डेजले यो कारबाहीका कारण मिनेसोटाका समुदायहरूमा “गहिरो र हृदयविदारक असर” परेको […]
संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले यूएईको विभिन्न कारागारमा रहेका २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको छ । यूएई सरकारको ५४ औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले गरेको पटक पटकको अनुरोधको प्रत्युत्तर स्वरूप युएई सरकारले आममाफीको निर्णय गरेको […]
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा विकास बैंकहरूको खुद मुनाफा उल्लेख्य रूपमा बढेको छ । १७ मध्ये १५ विकास बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार विकास बैंकहरूको कुल खुद मुनाफा तीन अर्ब ४४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३५ प्रतिशतले बढी हो । गत आवको […]
इरानमा पछिल्लो समय विकसित हुँदै गएको अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले नेपाली नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गरेको छ । आइतबार ट्राभल एड्भाइजरी गर्दै परराष्ट्र मन्त्रालयले अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको हो । मन्त्रालयले हाल इरानमा बसोबास गरिरहेका वा रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई सकेसम्म चाँडो सुरक्षित माध्यम प्रयोग गरी […]
हालै सार्वजनिक भएको विवरणअनुसार पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो वित्तीय गतिविधिमा ठूलो अनियमितता गरेको आरोप लागेको छ। ‘तानसेन’ ब्रान्डको सिमेन्ट उत्पादन गर्ने उक्त कम्पनीले प्राथमिक सेयर (IPO) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पेश गरेका वित्तीय कागजातमा कर छली, नक्कली कारोबार, वित्तीय विवरणमा हेरफेर र शंकास्पद लगानी व्यवस्थापनजस्ता गम्भीर अनियमितताका संकेत देखिएका छन्। कम्पनीले आर्थिक […]