थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

असोज २२, काठमाडौं । शुक्रवार पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ४६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा गरी कुल ७६४ कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै सोही अवधिमा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ पुगेको छ । यसैगरी, शुक्रवार १ हजार ३३ जना निको भएसँगै हालसम्म ७ लाख ७४ हजार १७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।