इलाम – अदुवाको मूल्यमा सुधार आउँदा व्यवसायीक किसान र व्यापारी खुशी भएका छन् । यो वर्ष अदुवाको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएकाले किसान र व्यापारी दुवै खुशी भएका हुन् ।
निर्यातमा अवरोध भएपछि अघिल्लो वर्ष पाँच सयदेखि एक हजार प्रति मन (४० किलो) का दरले अदुवा बेचेका किसानले यस वर्ष भने सन्तोषजनक मूल्य पाएका छन् ।
...