नुवाकोटमा टिपर दुर्घटना, १ जनाको मृत्यु, ५ जना घाइते

नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।  मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका–१ की अन्दाजी ३२ वर्षीया वसन्ती बलामी रहेकी छन् ।बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि काठमाडौंतर्फ ल्याइएको छ । घाइतेमध्ये टिपरमा सवार ककनी गाँउपालिका–१ का अन्दाजी ३० वर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ ।