६ महिनापछि आन्तरिक टर्मिनलमा चहलपहल : आउजाउ गर्नेको देखियो भिड, छैन सुरक्षा मापदण्डको पालना

काठमाडौं : झण्डै ६ महिनाको निषेधपछि आजबाट आन्तरिकतर्फका निजी वायु सेवा कम्पनीहरुले व्यवसायिक उडान शुरु गरेको छ। भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत ११ गतेदेखि लकडाउन गरेको वायुसेवालाई संचालन गर्न दिने निर्णय गरेको थियो। निजी वायुसेवा कम्पनीले कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सुरक्षित तरिका अपनाएर मात्र यात्रुलाई सेवा दिने