एमसीसीको विरोध गर्दै माओवादीबाट निर्वाचित जनप्रतिनिधिद्वारा पार्टी परित्यागको घोषणा

प्रतिनिधिसभाबाट एमसीसी पारित गर्न पार्टीले भूमिका खेलेको प्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रबाट निर्वाचित एक जनप्रतिनिधिले पार्टी परित्यागको घोषणा गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बहादुरसिंह महराले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनी माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधि समेत हुन् । उनले एमसीसीजस्तो राष्ट्रघाती सम्झौता गर्न अध्यक्ष प्रचण्डले मुख्य भूमिका खेलेको आरोप लगाउँदै यसबाट आफूजस्तो इमान्दार कार्यकर्तालाई लज्जित बनाएको उ