वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिइरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगै उच्चस्तरीय टोलीमा आएका मन्त्री यादव यतिबेला सम्मेलनमा हुने विभिन्न विषयका ‘साइडलाइन’ बैठकहरूमा सहभागी भइरहेका छन् । नेपालको हित हुने विषयहरूमा आफ्नो विचार राखिरहेका छन् ।