झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले जनताले समृद्धि र परिवर्तन खोजिराखेको र यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभयो । उहाँले जनतालाई धोका नदिने र विश्वासघात नगर्ने प्रतिबद्धता जनाउनुभएको […]