संखुवासभा : संखुवासभाको मेन्छ्याम हाइड्रो पावरले अन्तिम परीक्षणपछि विद्युत उत्पादन शुरु गरेको छ। चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको आयोजनाले विद्युत उत्पादन थालेको हो।मेन्छ्यामबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २२० केभीको सब-स्टेशनमा जोडिनेछ। १ अर्ब रूपैयाँभन्दा बढीको लागत लागेको आयोजना निर्माण गर्न ६ वर्ष लाग्यो। आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी छ।आयोजनाको उद्योगपति विनोद चौधरीले उदघाटन गरेका थिए। संखुवासभाको चैनपुर