काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन्। मंगलबार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा दिपावलीलगायतका पर्वहरुको अवसरमा काठमाडौँमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन्। उनले तत्कालीन सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका […]