राजनीतिक चरित्र : इतिहासको कालखण्डदेखि नै वर्णब्यवस्थाका कारणले तुच्छ घोषित गरी हरेक अवसरबाट अलग्याई मान्छे हुनै नदिइएको जातीय समूह हो– दलित समुदाय । इतिहासको कालखण्डदेखि नै सामन्ती अतिहिन्दूवादी ब्यवस्थाले राज्यका हरेक क्षेत्रमा यिनलाई वञ्चित गर्दै आएको छ । आज वहुअपेक्षित नयाँ संविधान आइसक्दा समेत सत्ता राजनीतिबाट यो समुदाय कुनै न कुनै रुपमा तिरस्कृत नै छ, आर्थिक रुपमा कुनै न कुनै वहानामा यिनलाई अझ पनि पाखा लगाइएको छ र समाजमा सांस्कृतिक रुपमा अपहेलना भोगिरहेका छन् ।संविधानमा समान रुप