पाँचतारे होटलहरुमा नेपाली खानाको मेनु राख्नुपर्ने

नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवद्र्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ । सेफ्स एशोसिएसन अफ नेपालको नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार साँझ आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरुले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि नेपालका पाँचतारे होटलमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्ने बताएका हुन् । …