कास्की – सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ । मृतककाे शव गण्डकी अस्पतालकाे शव गृहमा राखिएकाे छ । तीन जनाकाे शव भने अझै भेटिएकाे छैन ।
शवहरू अस्पताल पुर्याएसँगै मृतकका दिवङ्गत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा मृतकका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरैजसाे पहिचान गर्न नसकिने अवस्थामा रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयाे । पोखराका पहिचान ...