चिनियाँ अपहरण प्रकरण : मध्यरातमा ५० लाख बुझ्न बिजी मलमा पुगेपछि हतकडी

चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहायक सूर्य बहादुर राई बुधवार साँझ अपहरणमा परे । याङ चिनको सांघाई प्रान्तका हुन् । पेस्तोल र हतकडीसहित लैनचौरस्थित चिनियाँ याङको फ्ल्याटमा पुगेका ६ जनाको समूहले उनीहरुलाई अपहरण गरेका हुन् । मध्यराति ११ बजेर ४० मिनेटमा उनीहरुलाई अपहरण मुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । चिनियाँ नागरिकको दरबारमार्ग स्थित उत्तर ढोकामा कल सेन्टर थियो । पछिल्लो समय प्रहरीले कल सेन्टरमा छापा मार्न थालेपछि उनी कल सेन्टर छाडेर फ्ल्