आमा बन्दैछिन् सोनम कपुर : खबर सुन्नेबित्तिकै करिना कपुरले बनाइन् विशेष योजना

 गर्भवती भएको भन्ने अफवाहलाई अब सोनम कपुरले अन्ततः विराम लगाएकी छिन् । उनले श्रीमान् आनन्द आहुजासँग आफ्नो फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी छिन् । बेबी बम्पसहित सोनमले आफू गर्भवती भएको खबर सबैमाझ साझा गरेकी छिन् ।सोनमले फोटो सेयर गर्दै लेखिन्, ‘चार हात । तिम्रो उत्कृष्ट पालनपोषणका लागि जति हामी गर्न सक्छौँ । दुई मुटु । जुन तिमीसँगै धड्कन सक्नेछ, हरेक मोडमा । हाम्रो परिवार जसले तिमीमाथि प्रेम बर्साउनेछन् र समर्थन गर्नेछन् । हामी तिम्रो स्वागत गर्नका लागि थप प्रतीक्षा गर्न सक्दैनौँ ।