काठमाडौं। कांग्रेसको आगामी भदौ १६ देखि १९ गतेसम्म हुने १४औं महाधिवेसनमा सभापतिसहित १३ वटा पदाधिकारी पदको निर्वाचन हुने भएको छ। कांग्रेसको संशोधित विधानअनुसार सभापति–१,उपसभापति–२,महामन्त्री–१ र सहमहमन्त्री–८ वटा पदमा निर्वाचन हुनेछन्। कोषाध्यक्ष पद मनोनित हुनेछ। यसअघिको विधानमा सभापति–१, महामन्त्री–१ र कोषाध्यक्ष पदमा मात्रै निर्वाचन हुन्थ्यो भने अन्य पदाधिकारी सभापतिले आफ्नो अनुकुल मनोनित गर्दै आएका थिए।