काठमाडौँ– क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङलगायतका कारोबारमा संलग्न नहुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आग्रह गरेको छ। ब्युरोले आइतबार विज्ञप्ति जारी गर्दै यस्ता क्रियाकलापमा संलग्न नरहन र संलग्न रहेको पाइए कडाइका साथ कानुनी कारबाहीमा ल्याइने बताएको हो। विज्ञप्तिमा यसअघि नै नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबारलाई गैरकानुनी रहेको बताइसकेको उल्लेख […]