नेपाल बारको निर्वाचन शनिबार, दुई प्यानलबीच कडा प्रतिस्पर्धा

काठमाडौं : नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्ता साझेदार दलहरूको गठबन्धन पक्षधर कानुन व्यवसायी र प्रमुख प्रतिपक्ष दल सम्बद्ध कानुन व्यवसायीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। गठबन्धन पक्षधरको नेतृत्व वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले गरेका छन्। उक्त समूहको नाम ‘वृहत लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेशागत कानुन व्यवसायी समूह’ रहेको छ, भने प्रमुख प्रतिपक्षी दल पक्षधर कानुन व्यवसायीको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले गर्दैछन्। उक्त समूहक