रुकुम पश्चिमको मुसिकोट नगरपालिका प्रमुखमा कांग्रेस विजयी

रुकुम पूर्व : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी विजयी भएका छन्। उनी ६ हजार ९१४ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्। केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका हुन्। शर्माले ६ हजार ९०१ मत ल्याए।यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन मगर ६ हजार १४० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थलबहादुर ओलीले पाँच हजार ९८५ मत ल्याएका छन्।विजयी प्रमुख उप्रमुख ग

सम्बन्धित सामग्री

अनुभव : नेपाली परिकारलाई अन्तर्राष्ट्रिय मञ्चमा पस्कँदा

भारतको नयाँदिल्लीमा भएको योङ सेफ ओलम्पियाडमा नेपालको रुकुम पश्चिम मुसिकोट नगरपालिका– ८ का कमल थापाले रजत पदक जिते । यस प्रतिस्पर्धामा ६० देश सहभागी थिए । नेपाली परिकारलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पस्कँदाको अनुभव...

रुकुम पश्चिममा दुई जनाको शव फेला

१ भदौ, रुकुम पश्चिम । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम […]

रुकुम पश्चिममा घरभित्रै एक महिला मृत फेला

रुकुम पश्चिम – रुकुम पश्चिममा एक महिला आफ्नै घरभित्र मृत फेला परेकी छिन् । मुसिकोट नगरपालिका-१ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकी मृत फेला परेकी हुन् । उनको केही दिन अगाडि नै ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमकाे मुसिकोटमा जङ्गलमा लुकाएर राखेकाे भरुवा बन्दुक बरामद

रुकुम पश्चिम - रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ मा रहेको घोरखानीबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको छ । जङ्गलको ओडारमा लुकाएर राखेको बन्दुक प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठका अनुसार एक नाल र दुई वटा खाली भरुवा बन्दुक भेटिएको हो । भरुवा बन्दुक सिकार खेल्नको लागि ओडारमा राखेको हुन सक्ने आशङ्का गरिएको छ । यसअघि गएको फागुन १४ गते पनि जङ्गलमा चार नाल भरुवा बन्दुक भेटिएको थियो ।

रुकुम पश्चिमकाे मुसिकाेटमा महोत्सव सुरु

रुकुम पश्चिम – रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा 'रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव' सुरु भउकाे छ । मुसिकोट नगरपालिका–१ काे बराहटाकुरामा शुक्रवार महोत्सवको उद्घाटन भएको हो ।  'रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार' भन्ने मूल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला संस्कृति पर्यटन प्रवर्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा महोत्सव सुरु भएकाे हो । महोत्सवको एक कार्यक्रमबीच मुसिकोटका...

रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका पुरुषको शव भेटियाे

रुकुम पश्चिम - रुकुम पश्चिममा दूध बेच्न घरबाट निस्केका एक पुरुषको शव भेटिएको छ । हिजो बिहान दूध बेच्न घरबाट हिँडेका मुसिकोट नगरपालिका-१२ का ५८ वर्षीय लिलबहादुर कामीको शव  हिजो बेलुका जमारु गाउँको सडकमा भेटिएको हो  । पोष्टमार्टमको लागि शवलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माद्वारा रुकुमबाट मतदान

अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुमबाट मतदान गरेका छन् ।  शर्मा मतदान गर्न गत सोमबार नै रुकुम पश्चिम पुगेका थिए ।  शर्माले मुसिकोट नगरपालिका ५ स्थित यमुनानन्द माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् ।  उनी शुक्रबार मतदान गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

माओवादीका मन्त्रीहरुले कहाँ–कहाँबाट गर्दैछन् मतदान ?

नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पाँच मन्त्री र एक राज्यमन्त्री छन्। माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरु मतदान गर्न आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन्।अर्थ मन्त्री जनार्दन शर्मा मतदान गर्न गत सोमबार नै रुकुम पश्चिम पुगिसकेका छन्। शर्माले मुसिकोट नगरपालिका ५ स्थित यमुनानन्द माध्यमिक विद्यालयबाट मतदान गर्ने छन्। उनी शुक्रबार मतदान गरेर काठमाडौं फर्किने भएका छन्। यस्तै उर्जा,जल स्रोत तथा सिचाइ मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका २ स्थित र

खलङ्गा बजारमा एक पुरुषको शव फेला

रुकुम पश्चिम - रुकुम पश्चिमकाे सदरमुकाम मुसिकोट नगरपालिका-१ खलङ्गामा एक पुरुषको शव फेला परेको छ । आठबिसकोट नगरपालिका-१ चौर गाउँका ४२ वर्षका प्रजापति शर्माको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोतीका अनुसार मङ्गलवार बिहान कृषि विकास कार्यालय नजिकको सडक छेउमा एक पुरुषको शव फेला परेको हाे । मृतक शर्मा मुसिकोट नगरपालिका-१ मा डेरा गरी बस्दै आएको बताइएको छ । शव देखेपछि स्थानीयवासीले बिहान प्रहरीलाई खबर गरेका थिए । परिवारका सदस्...

रुकुम पश्चिमकाे ठूली दहमा बेपत्ता दाजुभाइकाे शव भेटियाे

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा रहेको ठूली दहमा डुबेका दाजुभाइकाे शव भेटिएकाे छ ।  दहमा पौडी खेल्ने क्रममा मुसिकोट नगरपालिका १ सल्लेका एकै घरका दाजुभाइ बेपत्ता भएका हुन् । बिदाको अवसर पारेर साथीहरूसँग घुम्न गएका दाजुभाइ भीमबहादुर र प्रेम थापा दहमा पौडी खेल्ने क्रममा डुबेका थिए ।  उनीहरू दहमा डुबेको खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ गएको थियाे ।