राष्ट्रपतिले बैठक आह्वान गरेको दिन संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय

दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको छ । बुधबार राजधानीमा बसेको गठबन्धनको बैठकले एमसीसीको विरोधमा मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय भएको नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको छ भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।  थप कार्यक्रम आवश्यकता अनुसार तय गरेर आन्दो

सम्बन्धित सामग्री

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो साढे दुई बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सापकोटाको सचिवालयका अनुसार सभामुखले संसद भवनको शंकर हलमा बस्नेगरी संघीय संसद प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् । मंगलबार नै प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभाको बैठक मंगलबार चार बजेका लागि बोलाइएको छ ।  सभामुख सापकोटाले सोमबार संघीय संसदको बजेट अधिवेशनको तयारीका सन्दर्भमा संसद भवन कक्षको अवलोकन गरेका हुन् ।

एमाले संसदीय दलको आकस्मिक बैठक आह्वान

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले ससंदीय दलको बैठक आह्वान गरेको छ। संसद अधिवेशन अन्त्य गरिएको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो। बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने एमाले संसदीय दलको कार्यालयले जनाएको छ।

कांग्रेसद्वारा मंगलबार लागि संसदीय दलको बैठक आह्वान

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिका र अमेरिकी सहयोग परियोजना अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठक मंगलबार बिहान ९ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । यसअघि गत […]