उद्योग वाणिज्य महासंघ प्रदेश १ मा पर्यटन सूचना केन्द्र स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । पर्यटन व्यवसायीहरूसहितका सरोकारवालाहरूको सक्रियतामा महासंघले पर्यटन सूचना केन्द्र स्थापना गरेको हो । मंगलबार महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले उद्घाटन गरेका छन्...

सम्बन्धित सामग्री

उद्योग वाणिज्य महासंघको पहलमा पर्यटन सूचना केन्द्र स्थापना

पूर्वको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ समितिको पहलमा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले उद्घाटन गरे । प्रदेश–१ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका राउतले महासंघमा स्थापित सूचना केन्द्रको बोर्ड र कार्यकक्षको उद्घाटन गरेका हुन् […]

प्रदेश १ मा पर्यटन सूचना केन्द्र

प्रदेश १ मा आउने पर्यटकहरूलाई पर्यटकीय स्थलबारे सूचना तथा जानकारी प्रदान गर्न विराटनगरमा मंगलबार ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा संघीय र प्रदेश सरकारको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले विराटनगरको बरगाछीस्थित कार्यालयमा उक्त सूचना केन्द्र स्थापना गरेको हो ।

विराटनगरमा पर्यटन सूचना केन्द्र

११ असाेज, विराटनगर । प्रदेश १ का पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । प्रदेश १ का प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई प्रमुख गन्तव्यबारे जानकारी दिने, होटल र यातायात लगायतका सेवा प्रदायक निकायको सूचना दिने उद्देश्यले सूचना केन्द्र स्थापना भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश […]