कांग्रेस महामन्त्री मतगणनाः दुई हजार २० गन्दा गगन थापा ५३४ मतले अगाडी

पछि पछि विश्वप्रकाश काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म दुई हजार २० मत गणना भएको छ । प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै छ । सबैभन्दा बढी थापाले एक हजार ३८५ मत प्राप्त […] The post कांग्रेस महामन्त्री मतगणनाः दुई हजार २० गन्दा गगन थापा ५३४ मतले अगाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कांग्रेस बदल्नका लागि महामन्त्री पद नै त्याग गर्न तयार छु : गगन थापा

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेकाे बताउनु भएको छ । नेपाली कांग्रेस दोलखा–काठमाण्डौ सम्पर्क समितिले शनिवार आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताउनु भएकाे हाे ।  एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ सङ्कटमा पर्न गएको बताउँदै उहाँले आफूले व्यक्तिको नभइ पार्टीन...

स्वर्णिम वाग्लेकाे दाबी- चुनावपछि गगन थापा प्रधानमन्त्री

कांग्रेस नेता एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले पार्टी महामन्त्री गगन थापा आसन्न चुनावपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

मैले झुक्याउने कुरा गरेको छैन, मतदाता सकारात्मक छन् : गगन थापा

कांग्रेस महामन्त्री समेत रहेका काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापा आफूले भोट माग्दै गर्दा जनतासामू झुटा कुरा नगरेको बताउँछन् । राजनीतिको मुहान ठिक गर्न आफू चुनावी मैदानमा आएको भन्दा मतदाताले सकारात्मक लिएको थापाको भनाइ छ ।  हाल आफ्नो निर्वाचन क्षेत्रमा मत माग्न व्यस्त थापासँग रातोपाटीले गरेको चुनाव केन्द्रित कुराकानीःमत माग्न चुनावी घरदैलोमा व्यस्त हुनुहुन्छ । मतदाताको घरदैलोमा जाँदा कस्तो प्रतिकृया पाइरहनुभएको छ ?म झुक्किएको हो भने थाहा छैन । मैले यो भन्दा अगाडिको न

गगन थापा सर्लाही ४ बाट चुनाव उठ्ने

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापा काठमाडौँ–४ छाडेर सर्लाही –४ बाट उम्मेदवार बन्ने भएका छन्। गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोयन दर्ता गराउने उनका निकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। उनी सर्लाही ४ बाट एकल सिफारिस भएका थिए। त्यहाँ शेखर कोइराला पक्षका अमरेशकुमार सिंहलाई टिकट नदिन संस्थापन पक्षले चाहेको थिए। […]

कांग्रेस महामन्त्री गगन थापा डेंगु संक्रमित

काठमाडौं, ३१ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा डेंगु संक्रमित भएका छन् । बुधबार साँझ ज्वरो आएर परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको हो । थापाको सचिवालयको अनुसार महामन्त्री थापा यतिबेला आफ्नै घरमा आराम गरिरहेका छन् ।

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री गगन थापा नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले बिहीबार थापालार्इ संयोजकमा नियुक्त गरेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार फागुन ३ मा बसेको कांग्रेस केन्द्रीय...

काे हुन् कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ?

काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री पदमा दुई युवा हस्तीहरू उदाएका छन्। लोकप्रिय मतसहित गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्री पदमा बाजी मारेका छन्। महामन्त्रीमा निर्वाचित भएपछि शर्माले सञ्चारकर्मीहरूसँग भने, ‘तपाईहरूले महामन्त्री पदमा गगन थापा र मलाई निर्वाचित गरेर पार्टीको देशले एउटा हल र जोडी बाँधेर समस्या समाधान गरून् भनेर जिम्मेवारी दिनुभएको छ। हामी पूरा गछौँ’ दुई युवा महामन्त्रीसहित नयाँ टिमले कांग्रेसलाई परिवर्तन गर्ने उनको विश्वास छ। केन्द्रीय निर्वाचन सम

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौँ- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् । थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् । महामन्त्री पदका लागि थापा र शर्मासँगै डा.प्रकाशशरण महत, […]

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा जीत नजिक पुगेका छन्। कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनाअनुसार नेताद्वय थापा र शर्मा जीत नजिक पुगेका हुन्। अहिलेसम्मको मत गणनामा थापा र शर्माले आआफ्नो अग्रतालाई कायम राखेका छन्। ३९९० मत गणना हुँदा थापाले २५८१ मत ल्याएका छन्। १६४६ मतका […]

कांग्रेस महामन्त्री : गगन थापा र विश्वप्रकाशलाई सुरुवाति अग्रता

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना जारी रहँदा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले सुरुवाति अग्रता लिएका छन् । प्रारम्भीक मतपरिणाममा थापा र शर्माले अग्रता कायम गरेका हुन् । १०० मत गणना हुँदा शेखर कोइराला प्यानलका थापाले ७० तथा प्रकाशमान सिंह प्यानलका शर्माले ३४ मत पाएका छन् […]