सरकारका प्रवक्ता भन्छन्- एमसीसीलाई संसदबाट निस्कर्षमा पुर्‍याउन सकारात्मक छलफल भयो

काठमाडौं । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई संसदमा लगेर सकारात्मक निस्कर्षमा पुर्‍याउने विषयमा तीन शीर्ष नेताहरुबीच सकारात्मक छलफल भएको बताएका छन् । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सौहार्दपूर्ण र खुलस्तरुपमा कुराकानी भएको उनले बताए । नेतात्रयको बैठकमा सहभागी भएका कार्कीले आजको छलफलले राष्ट्रिय राजनीतिलाई नै […]

सम्बन्धित सामग्री

राजनीतिक वृत्तमा एमसीसीको तरंग

एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ। यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे। यससँगै शीर्ष नेतृत्वबीच जुन संवादहीनता थियो, त्यो एक हदसम्म तोडिएको छ। यो भेटमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहे।‘एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पु¥याउने विषयमा सकारात्मक छलफल भएको छ’, सरकारका प्रवक्ता एवं सञ