समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने चलचित्र निर्माण गर्न मन्त्री गुरुङको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन चलचित्रकर्मीहरुलाई आह्वान गर्नुभएको छ । आदिवासी जनजाति चलचित्र महासंघको बुधबार धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा आयोजिते ‘आदिवासी चलचित्रमा प्रतिबद्धतासहितको सहकार्य’ विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सो आव्हान गर्नुभयो । मन्त्री गुरुङले मुलुुकलाई समृद्ध बनाउने आधार तयार भएको चर्चा गर्नुहुँदै भन्नुभयो, “समृद्ध नेपालः सुुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न सबैले आफ्नो क्षेत्रबाट यथोचित योगदान दिनुपर्छ ।”