'हामीले चुमेको उपाधिपछि पीडाहरू लुकेका छन्'

काठमाडौं : बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ।उपाधि जितेर फर्किएको नेपाली टोलीलाई नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दा युवा तथा खेलकुद मन्त्री  महेश्वरजंग गहतराज  टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए।सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको महिला टोली र चौथो भएको पुरुष टोलीसहित दुई निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश