रुस-युक्रेन युद्धले आर्थिक आपूर्ति शृङ्खलादेखि लिएर भूराजनीतिक प्रतिस्पर्धासम्म सबै तहमा ठूला सक्तीहरूबिचको विश्व राजनीतिको गतिशीलतालाई आमूल परिवर्तन गरेको छ। सन् २०२२ को फेब्रुअरी २४ मा युद्ध सुरु भएदेखि पश्चिमी विश्वले विशेष गरी संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले युद्धको सजाय स्वरूप रुसमाथि ठूलो मात्रामा आर्थिक प्रतिबन्धहरू लगाए।