पर्वत : कुश्मा नगरपालिका–४ घुम्तीमा बाख्रा चराउन गएको मौका पारेर उनले लगाएका गहना लुटेर त्यसैमाथि चरम यातना दिएर कुटपिट भएको छ। पोखरा–बागलुङ सडकसँगै जोडिएको घुम्तीमा छोरासँगै बस्दै आएकी ७५ वर्षिया कलावती अर्यालमाथि गत असार ११ गते साँझ लुटपाट भएको थियो।त्यसपछि मरणासन्न हुने गरी कुटपिट भएको हो। कलावतीका छोरा सन्तोषका अनुसार आमाले घरभन्दा करिब एक सय मिटर माथि रहेको जंगलको छेउमा बाख्रा चराइरहेको बेलामा अन्दाजी १९-२० वर्षका दुई जना युवाहरूले कानमा लगाएको करिब डेढ तोलाका सुनका मुन्द्रा लुछ