विद्यार्थी नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरू नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्ने बताउनुभएको छ । उन्साठ्ठीऔँ विद्यार्थी दिवसका अवसरमा सोममबार आयोजित कार्यक्रममा उहाँले चरम व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्दै विद्यार्थीहरू अगाडि बढ्नुपर्ने बताउनुभयो । “अहिले व्यक्तिवाद चरमरूपमा विकास भएको पाइन्छ । आफूले खोजेको र चाहेका पद नपाए सङ्गठनलाई तोडिदिने, देश र जनताप्रति …