जनसङ्ख्याको लगत वा तथ्याङ्क लिने कार्यलाई जनगणना भनिन्छ । विक्रम संवत् १९६८ बाट नेपालमा सुरु भएको जनगणना विसं २०७८ मा आइपुग्दा बाह्रौँ जनगणना सुरु हुँदै छ । हुन त सरकारले २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकैपटक राष्ट्रिय जनगणना गर्ने कार्यतालिका प्रस्तुत गरेको थियो । कोरोना सङ्क्रमण बढ्दै गएपछि २०७८ वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले जनगणनाको सबै काम हाललाई स्थगित गर्ने निर्णय ग¥यो । केन्द्रीय तथ्याङ्क विभागले जनगणनाका काम जहाँबाट रोकिएको थियो, त्यहीँबाट बाँकी काम गर्ने कुरा छापामा आएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले ७७वटै जिल्ला तथा तथा सातव