खोटाङमा एक संक्रमितले जिते कोरोना, फूलको गुच्छासहित स्वास्थ्यकर्मीले गरे बिदाई
खोटाङमा कोभिड–१९ बाट संक्रमित एक जना बिरामी निको भएका छन् । गत वैशाख २१ गते कोभिड–१९ बाट संक्रमण पुष्टि भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४७ वर्षका पुरुषले कोरोना जितेका हुन् ।