ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल महिला डाक्टरहरुका सम्माननार्थ विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने हुनुभएको छ । सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गर्नुभएकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसम्म पुगिसक्नुभएको छ । आगामी मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लाग्नुभएकी डा भुसाललाई बुधबार अस्पतालले एक …