नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

असोज १३, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गतेदेखि ३६ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।  इच्छुक आवेदकले बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले उल्लेख गरेको छ ।  आज बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र बिहीवार बिहान ११ बजे आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडमा बोलपत्र खोल्ने जानकारी गराएको हो । कम्पनीको वक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी,संघ र संस्थाहरूले  आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका ला

नेशनल माइक्रोफाइनान्सकोे लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

भदौ २३, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (बुधवार) बुधवार रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक शेयर लिलाीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य रू. १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आज बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सकिनेछ ।  इच्छुक आवेदकले उक्त शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । बुधवारसम्म प्राप्त भएका बोलपत्र आगामी भदौ २४ गते अपरान्ह ४ बजे सिद्धार्थ क्यापिटल नारायाणचौर, नक्सालमा खोलिने पनि कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३० जेठ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बिक्रीमा ल्याएको छ । संस्थाले जेठ १६ गतेदेखि संस्थागत समुह अन्तर्गतको ८० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत विक्रिमा ल्याएको थियो । प्रतिकित्ता शेयरको न्युनतम मुल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । […]

नेशनल माइक्रोफाइनान्सको लिलामी शेयर भर्ने आज अन्तिम दिन

जेठ ३, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३१ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयरमा बोलकबोल गर्ने सोमवार अन्तिम दिन रहेको छ ।  कम्पनीको ८० हजार कित्ता संस्थापक शेयर जेठ ३ गतेसम्मका लागि लिलामीमा आएको हो ।   यो शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ६०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  शेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कम्पनीको भनाइ छ ।