काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा भएको फोहोर सोर्न कांग्रेस नेताहरू फिल्डमा खटिएका छन् । कांग्रेस महाधिवेशनमा विभिन्न उम्मेदवारको प्रचार सामाग्रीले भृकुटीमण्डपमा फोहोर भएको थियो । पर्चा पम्प्लेटलगायतका सामग्री छरपस्ट अवस्थामा थिए । त्यसलाई हटाउन कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मा, महाधिवेशन प्रतिनिधि काठमाडौंबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद […]