पोखरा महानगरले सुरु गर्‍यो अन्डरग्राउण्ड पार्किङ

अन्नपूर्ण- पोखरा महानगरपालिकाले भूमिगत तला (अन्डरग्राउण्ड) पार्किङ सुरुआत गरेको छ । पोखरा महानगर–८ सिर्जनाचोकको महानगरकै स्वामित्व रहेको भवनबाट यसको सुरु गरेको हो ।           पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै निजी कार पार्किङ गरी अन्डरग्राउण्ड पार्किङको थालनी ग...

सम्बन्धित सामग्री

पार्किङ निषेधको निर्णयबाट पछि हट्यो पोखरा महानगर

कास्की । पोखरा महानगरपालिकाले पोखराका मुख्य सडक क्षेत्रमा गर्ने भनेको पार्किङ निषेध स्थगित गरेको छ । गत साता बसेको पोखरा महानगरको यातायात व्यवस्थापन समितिको बैठकले पोखराका मुख्य बजार क्षेत्रका सडकमा सोमवारदेखि सवारी पार्किङ पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले उक्त निर्णय गरेपछि विभिन्न पेशागत व्यवसायीका संगठन, स्थानीय बासिन्दालगायतले विरोध गरेका थिए । विकल्प नदिई पार्किङ बन्द गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि अर्काे व्यवस्था नभएसम्म पार्किङमा अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको छ । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील संघसंस्था तथा सरोकारवालाको दबाबपछि महानगर सवारी पार्किङ निषेधको निर्णयबाट पछि हटेको हो । पार्किङ व्यवस्थापन गर्दै लैजाने निर्णय महानगरले गरेको छ । सडकमा पार्किङ निषेध गर्ने महानगरको निर्णयविरुद्ध आइतवार पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउन गएका थिए । तर, मेयर आचार्य पालिकाका प्रमुखहरूको बैठकमा जिल्लाबाहिर गएकाले उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए । व्यवसायीसँगको भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सरोकारवालासँग छलफल गरी निर्णय लिइने भन्दै हाललाई सडकमा पार्किङ बन्द गर्ने निर्णय स्थगन गरिएको जानकारी दिए । पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–बिपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार र पृथ्वीचोक सडक खण्डमा सवारीसाधनको चाप बढेर आवागमन प्रभावित भएको तथा शहरी सौन्दर्यमा पनि असर परेको भन्दै सडकमा सवारी पार्किङ माघ २३ गतेदेखि पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले अन्डरग्राउण्ड पार्किङ स्थल तथा मुख्य सडकका आसपास पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेबापत महानगरले तोकेको भन्दा बढी शुल्क लिन नपाइने सूचना जारी गरेको थियो ।

पोखरामा पनि अन्डरग्राउण्ड संरचनामा डोजर

१५ कात्तिक, पोखरा । पोखरा महानगरपालिका–४ चिप्लेढुंगा (मानवअधिकार चोक) अघिल्तिरको आरके भवनको भूमिगत तलामा केही दिन अघिसम्म थुप्रै व्यापारिक पसल थिए । महानगरले त्यहाँ रहेका व्यवसायिक संरचना हटाउन पटकपटक ताकेता गरेपछि केही व्यवसायी त्यहाँबाट हटे । तर, केही हटेनन् । भवनको अन्डरग्राउण्ड पार्किङ प्रयोजनमा प्रयोग गर्न सकिने प्रकृतिको थिएन । भुइँतलामा जान सिँढी बनाइएको थियो […]

पोखरा महानगरद्वारा अन्डरग्राउण्ड पार्किङको सुरुवात

पोखरा। पोखरा महानगरपालिकाले भूमिगत तला (अन्डरग्राउण्ड) पार्किङ सुरुआत गरेको छ। पोखरा महानगर–८ सिर्जनाचोकको महानगरकै स्वामित्व रहेको भवनबाट यसको सुरु गरेको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै निजी कार पार्किङ गरी अन्डरग्राउण्ड पार्किङको थालनी गरेका हुन्। पहिले आंशिकरूपमा अन्डरग्राउण्डमा पार्किङ भए पनि अब पूरैमा पार्किङ गरिने उनले जानकारी दिए।

पोखरा महानगरले पनि सुरु गर्‍याे अन्डरग्राउण्ड पार्किङ

कास्की- पोखरा महानगरपालिकाले भूमिगत तला (अन्डरग्राउण्ड) पार्किङ सुरुवात गरेको छ। पोखरा महानगर-८ सिर्जनाचोकको महानगरकै स्वामित्व रहेको भवनबाट यसको सुरु गरेको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै निजी कार पार्किङ गरी अन्डरग्राउण्ड पार्किङको थालनी गरेका हुन्। पहिले आंशिकरूपमा अन्डरग्राउण्डमा पार्किङ भए पनि अब पूरैमा पार्किङ गरिने उनले जानकारी दिए। ‘पहिले यहाँ सिलाइ मेसिनलगायत गोदामका सामान […]

पोखरा महानगरले सुरु गर्‍यो अन्डरग्राउण्ड पार्किङ

अन्नपूर्ण- पोखरा महानगरपालिकाले भूमिगत तला (अन्डरग्राउण्ड) पार्किङ सुरुआत गरेको छ । पोखरा महानगर–८ सिर्जनाचोकको महानगरकै स्वामित्व रहेको भवनबाट यसको सुरु गरेको हो ।           पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै निजी कार पार्किङ गरी अन्डरग्राउण्ड पार्किङको थालनी ग...

पोखरा महानगरले सुरु गर्‍याे अन्डरग्राउण्ड पार्किङ

'पहिले यहाँ सिलाइ मेसिनलगायत गोदामका सामान राखिने गरिएको रहेछ', उनले भने, 'केही सवारी पार्किङ गरिने यस ठाउँमा अबदेखि सबै क्षेत्रमा पार्किङ गरिन्छ', महानगरले ३५ दिने सूचना जारी गरेको समय समाप्त हुन लागेकाले अरुलाई सन्देश दिन आफैँले यो कामको सुरुआत गरेको मह...

चार वर्षमा ९ वडाका कार्यालय भवन

कास्की । पोखरा महानगरपालिकाले चार वर्षमा ९ ओटा वडा कार्यालयको भवन बनाएको छ । गएको स्थानीय तह निर्वाचनपछि महानगरका ३३ वडामध्ये भवन नभएकामा नयाँ भवन निर्माण तथा अन्यको स्तरोन्नति गरिएको महानगरले बताएको छ । वडा भवन निर्माणलाई प्राथमिकतामा राखेको महानगरले निर्माण गरेका भवन सुविधासम्पन्न र आधुनिक रहेका छन् । केहीमा विद्युतीय भ¥याङ राखिएको छ । अपांगतामैत्री समेत छन् । भवनभित्रै पार्किङको सुविधा छ ।      हालसम्म वडा नं २, ७, ११, १२, १६, १९, २२, ३० र ३२ मा नयाँ भवन निर्माण गरिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । वडा नं ८ र १८ मा भवन निर्माणका लागि शिलान्यास भइसकेको छ । वडा नं ६, १७ र २६ का भवन निर्माण प्रक्रिया थालिएको छ । महानगरले सबै वडाका भवन निर्माणमा जोड दिए पनि कतिपय वडामा जमिन प्राप्त नहुँदा पुरानोलाई स्तरोन्नति गरिएको बताइएको छ । सूचना अधिकारी पौडेलले भने, ‘जमिन प्राप्त भएका अधिकांश वडामा भवन निर्माण सम्पन्न गरेका छौं । केहीको प्रक्रिया शुरू भएमा छिट्टै शिलान्यास गर्छौं । अन्यको हकमा स्तरोन्नति गरेर सहज रूपमा सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।’ महानगरले वडा कार्यालयका भवनसहित आफ्नो प्रशासकीय भवन निर्माणको प्रक्रियासमेत अघि बढाएको छ ।      महानगरको मुख्य भवन निर्माण गर्न जमिन खोजीमा चार वर्ष खर्चिएकोमा हालै पोखरा–९ नयाँ बजारस्थित दमकलमार्गमा सुविधा सम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । महानगरको आफ्नै चार रोपनी क्षेत्रफलमा भवन बन्ने महानगरले बताएको छ । हालको भवन साँघुरो हुँदा महानगरका अन्य विषयगत शाखा कार्यालय पोखराका विभिन्न ठाउँमा राख्नुपर्ने बाध्यता हुँदा सेवाग्राहीलाई झन्झट भएको छ ।      ‘अन्डरग्राउण्ड पार्किङ’ सहितको पाँच तलाको भवन १९ करोड पाँच लाखमा निर्माण सम्झौता गरिएको छ । गत असोज १० गते आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध÷ओम बुद्ध जेभी विराटनगरसँग प्रशासकीय भवन निर्माणको ठेक्का सम्झौता गरिएको महानगरका वरिष्ठ इञ्जिीनीयर पूर्णबहादुर गुरुङले बताए । रासस