काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी टुंग्याउने तयारी थालेका छन्। आइतबारदेखि जारी केन्द्रीय समितिको बैठकमा पदाधिकारी टुंग्याउन दबाब बढेपछि प्रचण्डले त्यसबारे तयारी थालेका हुन्। केन्द्रीय समिति बैठक स्थगित गरेर खुमलटारमा बसेको सचिवालयको विस्तारित बैठकले प्रचण्डलाई पदाधिकारी चयनको जिम्मेवारी दिएको नेता दीनानाथ शर्माले बताए। उनका अनुसार अध्यक्ष प्रचण्डले भोलिको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो