काठमाडौं : इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिंस्रक बन्दै गएपछि राष्ट्रपति इब्राहिम रैसीले हिरासतमा महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न आदेश दिएका छन्। गत सेप्टेम्बर १३ मा एक २२ वर्षीय युवतीलाई इरानी प्रहरीले हिजाफ नलगाएको आरोपमा गिरफ्तार गरेको थियो। महसा अमिनी नामकी ती युवतीको हिरासतमा मृत्यु भएको भन्दै प्रहरीले १६ सेप्टेम्बरमा परिवारलाई शव बुझाएको थियो। यो घटनापछि देशव्यापी रुपमा विरोध प्रदर्शन सुरु भएको हो। एक हप्तादेखि चर्किएको विरोधमा प्रहरी दमनबाट ३१ जना प्रदर्शनकारीक