मन्त्री रेणु यादवले विवादास्पद अभिव्यक्ति नदिएको प्रदेश राज्यमन्त्री योगेन्द्रको दाबी

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघीय सरकारका भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई धम्की नदिएको दाबी गरेका छन् । मन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर आलोचना बढ्न थालेपछि राज्यमन्त्री योगेन्द्रराय यादवले संघीय सरकारका मन्त्री यादवको बचाउ गरेका हुन् । बलिदानी दिवसको अवसरमा समाजवादी यूवा संघको आयोजनामा रौतहटको गौरमा आयोजित सभामा मन्त्री यादव पुग्नुपूर्व जनमतका कार्यकर्ताले साङ्घातिक हमलाको प्रयास गरेको आरोपसमेत राज्यम