काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुने गरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ ।
आइतवार काठमाण्डाैमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरूले सम्झौताअनुसारकाे काम नगरेर उपेक्षा गरेका भए आफू टुलुटुलु हेरेर न...