दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको सफाइ सकिएको छ । ४५६ मेगावाट क्षमताको आयोजनाको गत शनिबार बिहानैदेखि सफाइ सुरु भएर पूरा भएको हो ।वर्षात्को समयमा माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएका ग्राभेल, बालुवासहित सामग्री जलाशयमा थुप्रिँदा पानी कम हुन्छ । २ किलोमिटर लामो जलाशय सफा गरेपछि जलाशयमा पानी बढी हुन्छ । […]