भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न गएका प्रहरीमाथि उक्त गिरोहले चक्कु प्रहार गरेको थियो । यस क्रममा एक प्रहरी घाइते भएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिक एक रेष्टुरेन्टमा प्रहरी टोलीको चोरी गर्ने समूहसँग जम्काभेट भएको थियो । प्रहरी टोलीमाथि चक्कु […]
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ को विशेष प्रदर्शनीमा सहभागी भएकी छन्। विवेकशील नेपाली पार्टीका संस्थापक थापाको ४९औँ जन्मजयन्ती एवं उज्ज्वल थापा फाउन्डेसनको चौथो वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा आयोजना गरेको विशेष प्रदर्शनी गरिएको हो ।
प्रकाशले दयाहाङलाई सोधे– दाइलाई राजनीतिमा जाऊँ, संसदमा जाऊँ, फिल्मबारे बुझाऊँ, समाजको कथा जस्तो हो, त्यस्तै देखाउन पाउनुपर्छ भनेर बुझाऊँ भन्ने लाग्दैन?
बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन्। जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई तेस्रो लिङ्गी रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार हालको मतदाता सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २१६ ले वृद्धि […]