म्याग्दी – मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ। सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो। मङ्गला गाउँपालिकाका इञ्जिनियर सुजन पौडेलले १० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४.६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको जानकारी दिए। ‘आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, […]