कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको बताएका छन् । नेपालको संविधान जारी भएको आठौँ वर्ष पुगेको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले कर्णालीवासी एवं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।उनले सशस्त्र सङ्घर्ष तथा जनआन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइते तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यलाभको कामना गरे । जारी शुभकामना सन्देशमा उनले भने,