मापदण्ड विपरित उत्खनन गर्ने ३ ठेकेदार कम्पनीको ठेक्का रद्द
संझौता र मापदण्ड विपरित नदीजन्य पदार्थको निकासी गरेको भन्दै शिवराज नगरपालिकाले ३ वटा खोलबाट निकासीकालागि जिम्माएका ३ ठेकेदार कम्पनीको संझौता रद्द गरेको छ। ती ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने र धरौटी समेत प्रकृया समेत अघि बढाइएको छ।...
११ वैशाख, जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिकाले चौतर्फी विरोधपछि पालिकाभित्रको नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रिया रद्द गरेको छ । वैशाख ७ गते बसेको गाउँ कार्यपालिका बैठकले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्माले जानकारी दिए । गत फागुन १५ गते गाउँपालिकाले विद्युतीय बोलपत्रमार्फत नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन् संकलन तथा बिक्री […]