छुट्टै गुप्तचरी संयन्त्र बनाउने वाग्मती प्रदेश सरकारकाे तयारी

मकवानुपर – वाग्मती प्रदेशले आफ्नो छुट्टै गुप्तचरी संयन्त्र गठन गर्ने तयारी गरेको छ । आज मङ्गलवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा गएकाे पुस २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्युरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र सङ्घीय कानुनअनुसार परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्युरो गठन गर्ने निर्णय गरेको हो ।  आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले त्याे...