आगामी ८ महिनाभित्र बुद्ध एयरले नेपालगञ्जदेखि भारतको राजधानी नयाँदिल्लीसम्मको हवाई उडान सुरु गर्ने जनाएको छ ।
बुद्ध एयरले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको पहिलो पटक औपचारिक जानकारी गराउँदै बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नेपालगन्ज–दिल्ली–नेपालगन्ज उडानका लागि नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिई सकिएकाले उडानका सबै प्रक्रियाहरु पूरा गर्न करिब ८ महिना लाग्ने भएकाले ८ महिनाभित्र उडान सुरु गर्ने बताए ।