भाइ भेट्न कारागार पुगेका युवक चरेससहित पक्राउ

१८ फागुन, काठमाडौं । वीरगञ्ज कारागारमा थुनुवा भेट्न आएका एक व्यक्ति लागूऔषध चरेससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का २२ वर्षीय मिङमा शेर्पा रहेका छन् । लागूऔषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका आफ्ना भाइ २० वर्षीय लाक्पा शेर्पा भेट्न गएका मिङमा पक्राउ परेका हुन् । कारागार ड्युटीमा खटिएको प्रहरी टोलीले कैदीबन्दी […]