आज र भोलि पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाइँदै

आज र भोलि देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।  भिटामिन &

सम्बन्धित सामग्री

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम तय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र  १२ देखि ५९ महिना उमेरसम्मकालाई जुकाको औषधी खुवाइने छ । मन्त्रायलयले नजिकको स्वास्थ्य केन्द्रमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लैजान अनुरोध गरेको छ । त्यसरी लैजाँदा कोरोनाको संक्रमणको जोखिम हुन सक्ने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न पनि अनुरोध गरिएको छ ।