काठमाडौं। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २ लाख ५४ हजार २८९ जना युवा शून्य लागतमा रोजगारीका लागि मलेसिया गएका छन्। तीमध्ये १ लाख ५५ हजार ३१८ जनाले १० प्रतिशत सेवा शुल्क बुझाएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ। यो अवधिमा बहराइन, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरेबिया र यूएई जान तीन लाख ४९,०८२ जनाले श्रम स्वीकृति लिएका छन् ।